काठमाडौं। आगामी असोजमा हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि भोलि (शनिबार) मतदाताको सूची र निर्वाचन तालिका सार्वजनिक गरिने भएको छ ।
महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्ने जानकारीसहित मतदाताको सूची र निर्वाचन तालिका सार्वजनिक गरिने जानकारी दिएको हो ।
'पछिल्लो पटक मिति २०८१ असोज ५ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ ।
अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँछु,' कार्यवाहक अध्यक्ष रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।२०८१ असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको छ ।
महासंघका अनुसार यही भदौ २९ गते शनिबार मतदाता सूची सार्वजनिक गरिने छ । यस्तै सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको छ।
निर्वाचन सम्पन्न गर्न महासंघका सबै समिति, सदस्य, सल्लाहकार, पूर्वअध्यक्षहरू र पत्रकारितासँग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षबाट सहयोग पुर्याउन पनि महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
२८ गते हुने निर्वाचनको लागि पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
पत्रकार महासंघको चुनाव सर्यो
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट