किभ। युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।
रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।
जारी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो ।
टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।
सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०७ साउन २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनलाई भन्दा मोदीलाई शान्ति मनपर्छ : जेलेन्स्की
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राखे शर्त
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ
जेलेन्स्कीले भने, ‘मस्को आक्रमणको लागि पुटिन युक्रेनलाई दोष दिन चाहन्छन्’