काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्नको लागि आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट-स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संक्रमणकालीन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
प्रधानमन्त्रीजी मन्त्र जपे जसरी भारत भ्रमणमा जाँदैछु, जाँदैछु भन्दै हुनुहुन्छ : नारायणकाजी श्रेष्ठ
संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ : नारायणकाजी श्रेष्ठ
अहिलेसम्म कुनै सरकारले नगरेको सुशासनको काम हाम्रो सरकारले गर्यो : नारायणकाजी श्रेष्ठ
यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ