महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०८१, १२ : १३
महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

जनकपुरधाम। भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् ।

रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो ।

मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएकी छन्, जुन भिडिओ संघीय सांसद प्रभु साहले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

सांसद साहकी श्रीमती रिना मौलापुर नगरपालिकाकी नगरप्रमुख हुन् । उनले हरेक वर्ष महाशिवरात्रिको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएकी छन् ।

सांसद साहले ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र एवं नायिका मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने विश्वास व्यक्त गरेका छन् ।

महोत्सव फाल्गुन ११ देखि १५ गतेसम्म चल्नेछ । फाल्गुन १४ मा मधानी सांस्कृतिक कार्यक्रम आयोजना हुने र सो कार्यक्रममा मोनालिसा सहभागी हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस