वासिङटन डीसी । एलन मस्कमाथि यतिबेला अमेरिका सरकार जर्बजस्ती कब्जा गरेको आरोप लागिरहेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय सरकारको आकार र खर्च घटाए सरकारी दक्षता सुधार्ने जिम्मा दिएपछि मस्कले अहिले संघीय निकायहरूमा व्यापक खर्च कटौती गरिरहेका छन् ।
मंगलबार पहिलो पटक ह्वाइट हाउसमा पुगेको समयमा जर्बजस्ती सरकार कब्जा गरेको आरोपको मस्कले खन्डन गरेका हुन् । ओभल अफिसमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिने क्रममा मस्कले ट्रम्पकै पासमा उभिएका थिए । त्यसपछि ट्रम्पले मस्कको डजका नाममा एउटा आदेशमा हस्ताक्षर गरेका थिए ।
यसमा संघीय सरकारका कर्मचारी कटौतीका लागि डजलाई बढी अधिकार दिइएको छ । यसले सरकारी निकायका प्रमुखहरूलाई डजको आदेश अनुपालना गर्न पनि भनेको छ । पारदर्शिता नदेखाएको र कानूनी चुनौतीहरूमा खलल पुर्याएको भन्दै एजेन्सीले डेमोक्रेटहरूको आलोचना गरेका थिए ।
तर मस्कले भने गत महिना ट्रम्पले कार्यभार सम्हालेयता सरकारमा व्यापक कटौती गरिएको र यो कठोर वा कठ्ठरपन्थी दुबै नभएको उनको भनाइ थियो । जनताहरूले मुख्य सुधारकै लागि सरकारलाई मत दिएको र उनीहरूले यही पाउने पनि उनले बताए ।
काम गर्ने क्रममा अरुले आफूमाथि पूरै निगरानी राख्छन् भन्ने आशा आफूले गरेको अनि मन लाग्दी गरेर बच्न सक्छु भन्ने आफूले नसोचेको पनि उनले भनेका छन् । संघीय कर्मचारीहरू अनिर्वाचित, चौथो, सरकारको असंवैधानिक अंग भएको भन्दै आफूसँग निर्वाचित कुनै पनि प्रतिनिधिको भन्दा धेरै ताकत भएको पनि उनले बताए ।
यतिबेला मस्कले अमेरिकालाई फेरि महान बनाऊँ भन्ने नारा भएको कालो क्याप लगाएका थिए यतिबेला उनले काँधमा आफ्नो कान्छो छोरा बोकेका थिए । संघीय खर्च घटाउनु आफ्नो लागि विकल्प नभएर अति जरुरी भएको र यो अमेरिकालाई ‘सल्भेन्ट’ देश बनाइराख्न पनि आवश्यक भएकोमा मस्कले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम
एलन मस्कसँग प्रधानमन्त्रीको भर्चुअल संवाद
चुनाव जितेपछि ट्रम्पले गरे मस्कसँग पार्टी
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !
बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने