हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी भएका छन् । गएराति त्रिभुवन विमानस्थलबाट फ्लाई दुबई एयरवेज मार्फत दुबई पुगेका मुख्यमन्त्री लामा सम्मेलनमा सहभागी भएका हुन् ।
उक्त सम्मेलनमा मुख्यमन्त्री लामा प्यानल डिस्कसनमा समेत सहभागी हुनेछन् । सम्मेलनमा मुख्यमन्त्री लामाले ‘सार्पिङ फ्युचर गभर्मेन्ट’ मन्त्रीस्तरीय राउण्ड टेबल छलफलमा भाग लिने कार्यक्रम रहेको छ । सो छलफलमा मुख्यमन्त्री लामाले इफेक्टिभ गभर्नेन्स एण्ड काइसिस रेसिलेन्सी’ विषयमा बोल्नेछन् ।
उक्त कार्यक्रममा सम्मेलनमा अध्यक्ष एवम् कजाकिस्तानका प्रथम उपमन्त्री एचइ कन्यस तगइशिलद्वारा डिजिटल विकास, नवीनता र एयरोस्पेस उद्योग विषयमा टिप्पणी गर्नेछन् । सो कार्यक्रममा मुख्यमन्त्री लामाले नेपाल र बागमती प्रदेशमा सङ्घीयता कार्यान्वयन, विकास निर्माण, समस्या, चुनौती र अवसरका विषयमा धारणा राख्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीतिगत सुधारतर्फ सरकारले उपलब्धि प्राप्त गर्यो : मुख्यमन्त्री लामा
स्वास्थ्योपचार निःशुल्क गर्नेगरी काम भइरहेको छ : मुख्यमन्त्री लामा
संविधानले सार्वभौम सत्ता जनतामा निहित गरेको छ : मुख्यमन्त्री लामा
सुशासनको प्रत्याभूति दिने गरी काम गछौँ : मुख्यमन्त्री लामा