उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०८१, १८ : ३७
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

७ बुँदे सहमतिका आधारमा बनेको काँग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ ।

नेताहरूका अनुसार अहिले सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्ने लगायतका विषयमा आज छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस