काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ भइरहेको बताएका छन् ।‘संघीयता, राष्ट्रियसभा र अगामी कार्यभार’ विषयक अन्तरक्रियामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संघीयतालाई समयअनुसार परिमार्जन र विकास गर्दै जानुपर्ने बताए ।
उनले भने, ‘हामीले नेपालमा संघीयता आवश्यक छ भनेर संघर्ष गरेर यो संघीय व्यवस्था ल्याएका छौँ । हामीले संविधानमा पनि संस्थागत गरेका छौँ । संघीयताको बारेमा हिजो पनि मतभिन्नता थियो । संघीयता चाहिँदैन भन्ने पनि एउटा दृष्टिकोण थियो । आज कार्यान्वयनमा जति जटिलता देखिएको छ र जति उपलब्धि प्राप्त गर्नुपर्ने, त्यो लाभ पूरा गर्न नसकेको सन्दर्भमा अहिले संघीयता खारेज गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ प्रस्तुत भएको छ ।’
उनले अहिलेसम्मको कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै कार्यान्वयनमा अगाडि बढ्नुपर्ने बताए ।संघीयता आवश्यक छैन भन्नेहरू संविधानमा उल्लेख भएकाले स्वीकार्न बाध्य भएको भन्नेहरू पनि अहिले नेतृत्वमा रहेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले थप भने, ‘भ्रष्टाचार तलसम्म पनि संस्थागत भएको छ । त्यो संघीयता नभएर मात्रै रोकिने कुरा होइन, तर तलसम्मको सत्तामा भ्रष्टाचार बढेको गएको कुरा सही हो, त्यसलाई चाहिँ हामीले रोक्नुपर्छ । त्यसले प्रभाव पारेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेसम्म कुनै सरकारले नगरेको सुशासनको काम हाम्रो सरकारले गर्यो : नारायणकाजी श्रेष्ठ
यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
भूराजनीतिले प्रभाव बढ्दैछ, हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं: नारायणकाजी श्रेष्ठ
संविधान संशोधन गर्न हामी सहयोग गर्छौं : नारायणकाजी श्रेष्ठ
आयोग गठन गर्न सरकारले ढिलो गर्नु हुँदैन : नारायणकाजी श्रेष्ठ
टीआरसी विधेयक छोटो प्रक्रियाबाट पारित गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ