काठमाडौं। नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफ्नै पार्टीका नेताहरूको विरोध नगर्ने हो भने चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । उनले कांग्रेसभित्र आन्तरिक एकता हुँदा पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे । नेता खाणले कांग्रेसलाई ‘आफ्नै साथीहरूको विरोध र असहयोग’ले ठूलो पार्टी बन्नबाट समस्या भएको बताए ।
आफ्नै पार्टीका साथीहरूले विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्नै सक्दैन’, सोमबार नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा खाणले भने, ‘कुनै पनि चुनावमा पालिका, वडा, प्रदेश, प्रतिनिधिसभामा कांग्रेस हार्छ ? आफ्नै साथीको विरोध नगरौं । राम्रो काम गरेकोलाई राम्रो गरेको भन्नुपर्छ ।
उनले पार्टी सभापति शेरबहादुर देउवा वा कुनैपनि नेतासँग चित्त बुझेको छैन भने उनीहरूकै अगाडि आफ्ना कुराहरू राख्नु पर्ने बताए । सम्बन्धित नेताहरू नभएको ठाउँमा उनीहरूको विरोध गर्नुको कुनै अर्थ भएको खाणको भनाइछ ।
‘कांग्रेसमा जुन नेताको विरोध गर्ने हो त्यही नेताको अगाडि गरिदिनुपर्छ । अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न, शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई यहाँ गाली गरेर के गर्नु हुन्छ?’, खाणले भने ।
पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले कांग्रेसमा कोइराला परिवारको ठूलो योगदान रहेको समेत बताए । वीपी कोइरालाले कांग्रेस बनाउन ठूलो कुर्बानी गरेको खाणले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १६ : ०६
लेखकबाट थप