बुटवल। लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेश स्तरीय बैठक पाल्पाको रानीमहलमा शुरू हुँदैछ । बैठकमा सहभागिताका लागि पाल्पा आइपुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।
दुई मुख्यमन्त्रीबीच रानीमहलमा हुने अन्तरप्रदेश स्तरीय बैठकमा मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरूलगायतको उपस्थिति छ । दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारलाई समेट्दै दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
दुवै प्रदेशका वार्षिक नीति तथा कार्यक्रम र आगामी बजेट निर्माणमा समावेश गर्नेगरी साझा प्रतिबद्धता तयार पारिएको छ । सो अवसरमा प्रदेशस्तरीय नीति निर्माण, कर प्रणाली, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, तथा सुशासन प्रवर्द्धनका विषयमा विस्तृत छलफल हुनेछ ।
उक्त अवसरमा दुवै प्रदेशबाट तर्जुमा भइसकेका तथा प्रस्तावित कानूनहरूबीच समन्वय, सहकार्य र एकरूपता कायम गर्ने, प्रदेशस्तरीय कर प्रणालीमा एकरूपता कायम गर्दै प्राकृतिक स्रोत तथा साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटमा सहमति जुटाउने, दुई प्रदेशलाई जोड्ने प्रमुख सडक पूर्वाधार तथा पुल निर्माणका लागि आवश्यकताअनुसार नेपाल सरकारसँग समन्वय गर्दै साझेदारी तथा सहकार्य गर्ने, दुवै प्रदेशको दीर्घकालीन हित हुने सम्भावित ठूला परियोजनाहरू पहिचान गरी सहलगानीका आधारमा सञ्चालन गर्नेलगायतका विषयमा सहमति गरिने छ ।
त्यस्तै, प्राकृतिक प्रकोप न्यूनीकरण तथा विपद् व्यवस्थापनमा साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने, लागूऔषध ओसारपसारको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि सुरक्षा निकायहरूसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने, दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर निजी क्षेत्रको सहकार्यमा आकर्षक संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, सीमा क्षेत्रका नदी तथा जलस्रोतहरूको व्यवस्थापन गर्दै जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, तथा सिँचाइ संरचनाको निर्माणमा सहकार्य गर्ने, दुवै प्रदेशको विकास, सुशासन र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगलाई प्राथमिकता दिने विषयमा पनि सहमति कायम गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री पाण्डे
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान थालेका छौँ : मुख्यमन्त्री पाण्डे
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँ : मुख्यमन्त्री पाण्डे
प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैनः मुख्यमन्त्री पाण्डे
सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे