एजेन्सी । हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक गरेको छ। हमासका अनुसार सेनाहरू करिना, अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड रिहा हुने भएका छन्।
इजरायलले पनि यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ। आइतबार इजरायलमा युद्ध विराम लागु भए यता यो दोस्रो पटक बन्दी रिहा हुन लागेका हुन्। पहिला तीन बन्दी र इजरायली जेलबाट ९० जना छाडिने छन्।
७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा हमला परेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्ध विरामसँगै रोकिएको हो।
युद्धमा इजरायलले गरेको आक्रमणका कारण करिब ४७ हजारको ज्यान गएको थियो।
सर्वसाधारण महिला यर्बेद यहुद पनि शनिबार रिहा हुने सूचीमा हुने अनुमान गरिएको थियो। उनलाई अर्कै सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहादले नियन्त्रणमा लिएको पनि इजरायली सञ्चार माध्यमले जनाएका छन्। यो पाँच साताको बिचमा अन्य २६ बन्दीको बारे पनि हमासले जानकारी गराउने अपेक्षा गरिएको छ।
शनिबार रिहा हुन लागेका तीन इजरायली गाजा सीमामा रहेको र उनीहरूलाई हमासका बन्दुकधारीले नियन्त्रणमा लिएर हात पछाडि बाँधेर लिएर गएको फुटेज सार्वजनिक गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ माघ २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास
हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको इजरायलको आरोप
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक
३४ बन्धकलाई रिहा गर्न हमास तयार, इजरायलसँग सम्झौतामा वार्ता जारी
हमासको गढ भन्दै इजरायली सेनाद्वारा गाजाको ठूलो अस्पताल कब्जा