काठमाडौँ । काठमाडौँको कोटेश्वरमा सोमबार साँझ माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउ कुमार शेन रहेका छन्।
बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका शेनको उपचारको क्रममा बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
शेनलाई ठक्कर दिएपछि माइक्रोबस प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुगेको थियो। ट्रकसँग ठोक्किएपछि माइक्रोबसका सहचालक विमल सुनार घाइते भएका छन् ।
घाइते सुनारको सिभिल हस्पिटल नयाँबानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक चालकसहित ट्रक र माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्य
रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे
कुवेतमा कारको ठक्करबाट ३ नेपालीको निधन
भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु