चिनियाँ सामानमा पनि १० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०९ माघ २०८१, १३ : ४२
चिनियाँ सामानमा पनि १० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा पनि १० प्रतिशत कर लगाउने विचार गरिरहेको बताएका छन् ।

राष्ट्रपति कार्यालयमा आफ्नो दोस्रो कार्यकालको पहिलो दिन पत्रकारहरूको प्रश्नको जवाफमा ट्रम्पले चीनबाट आयात हुने सामानमा पनि १० प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको बताएका हुन् ।यो शुल्क फेब्रुअरी १ ​​देखि लागू गर्ने विचार भइरहेको उनको भनाइ छ ।

चीनले अमेरिकामा फेन्टानिलजस्ता औषधि पठाउँदै संकट सिर्जना गरिरहेको ट्रमपले दाबी गरे। यसअघि उनले मेक्सिको र क्यानडाबाट हुने आयातमा २५ प्रतिशत भन्सार लगाउने चेतावनी दिएका थिए ।