सर्लाही । मोटरसाइकल दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवारी दुई युवा गम्भीर घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका–६ स्थित जंगल क्षेत्रमा बिहीबार साँझ बा ९४ प ९२३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा पहिचान नखुलेका झण्डै ५० वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाही । लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएपछि पल्टिएको थियो। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।
दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१६, परवानिपुरका २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२, घारिबथानका २७ वर्षीय निरज लामा घाइते भएका प्रहरीले जनाएको छ।।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो