कपिलवस्तु । कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने शिवराज नगरपालिका–१ स्थित भाइरलडाँडामा सवारी दुर्घटना भएको हो।
दुर्घटनामा दाङको राप्ती गाउँपालिका–४ मौरिघाट घर भएका मोटरसाइकल चालक २७ वर्षीय लिलाराम कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको पछाडि सवार राप्ती ४ कै २९ वर्षीय खुसीराम चौधरी घाइते भएका छन्।
अर्घाखाँचीबाट भारतको दिल्लीतिर जाँदै गरेको लु २ ख २१४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
घाइते चौधरीरीको स्थानीय संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु
सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु