नवलपरासी । गएराति नवलपरासीको सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार एक वृद्धको मृत्यु भएको छ।
मंगलबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा चोकस्थित भित्री सडक खण्डमा ट्रकको ठक्करबाट स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।
बर्दघाटबाट त्रिवेणीतर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा नेपाली गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाउँदा डाक्टरले मृत घोषणा गरेका डीएसपी बोहराले बताए।
दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ। नेपालीको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु