एजेन्सी । क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् ।
आँधीका कारण ढलेको रुखले किचेर चार जनाको मृत्यु भएको छ भने ओटवा नदीमा एउटा डुंगा पल्टिदा एक महिलाको मृत्यु भएको थियो ।
वातावरण क्यानडा नामक संस्थाका अनुसार आँधीबेहरीको समयमा हावाको वेग ८२ माइल प्रतिघन्टा थियो । ओटारियो समेट्ने उर्जा कम्पनी हाइड्रो वनले हरेक घरलाई पुनः जडान गर्न धेरै दिन लाग्ने जनाएको छ ।
यसैबीच हाइड्रो क्युबेकले त्यहाँका ५लाख ५० हजार घरमा बिजुली नभएको र झण्डै ४ लाख घरमा अझै पनि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ । दुई घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली आँधीले धेरै रुखहरू ढलेका छन, यातायात अवरुद्ध भएका र घरहरूमा क्षति पुगेको छ ।
अग्नि नियन्त्रक र कर्मचारीले ओटावाको सडकमा कारहरूमा ढलेका पोल र तारहरू हटाउन प्रयास गरिरहेका देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ जेठ २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी