काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे।
‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’ चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा काँग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उपप्रमुख उम्मेदवार छ ।
सिंहले एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरि लाग्नु पर्ने समेत बताए । ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरि प्रचार-प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’ गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले काँग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरे। ‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक छ,’ उनले भने, ‘ओली पटक पटक संविधान र व्यवस्था माथि प्रहार गरेकाले संविधान र व्यवस्था जोगाउन गठबन्धन गर्नु पर्ने बाध्यता रहेको कुरा बुझ्नुपर्छ ।’
अब हामी सबै एक भएर काँग्रेसका उमेदवारहरू जिताउँदा व्यवस्था जोगिन्छ, संविधान सही बाटोबाट हिँडाउन सकिन्छ । स्थानीय तहको चुनाव जित्दा संघीय र प्रदेश निर्वाचन जित्न पनि सजिलो हुने भन्दै सबैको ध्यान वैशाख ३० गतेको निर्वाचनमा केन्द्रीत गर्न समेत आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह