काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको उनले बताए ।
‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ,’ उनले भने, ‘भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य छ । बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक छ ।’
इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु अहिलेको आवश्यकता रहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।‘भूकम्पीय जोखिम न्युनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचनाहरू भूकम्पमा गल्र्यामगुर्लुम ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो,’ उनले भने।
उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह
मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह
देश विकास गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह