काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।
सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरे । ०६४ सालमा संविधान सभाको निर्वाचनबाट काठमाडौँ १ बाट निर्वाचित भए देखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको बताए ।
“काठमाडौं १ मा पर्ने सबै सामुदायिक विद्यालयको स्तर सुधार्न तीनै तहको सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दो काम गरेका छौँ । हाम्रो निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजी भन्दा कम छैन । राम्रो नतिजा सुन्न पाउँदा खुसी लागेको छ उनले भने ।” उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए ।
उनले गुणस्तर शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको बताए । विद्यालयलाई अझ राम्रो बनाउन काठमाडौँ १ बाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले मिलेर काम गरिरहेको पनि उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह
मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह
देश विकास गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन काम थाल्छौं : उपप्रधानमन्त्री सिंह