चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले आफूलाई मतदान गर्न भरतपुरका महिलाहरूलाई पत्र लेखी अपिल गरेकी छन् । आफू भरतपुर महानगरका बाँकी कार्यभार पूरा गर्ने अभियानमा रहेको भन्दै सहयोग गर्दिन भन्दै दाहालले सार्वजनिक पत्र लेखेकी हुन् । आफू मेयर रहँदा सबैको हौसला र सहकार्यले महानगरपालिकाको अनुहार फेर्न सुरु गरिसकेको भन्दै उनले बाँकी केही संकल्प र योजना पूरा गर्न पुनः निर्वाचित हुन चाहेको बताएकी छिन् ।
‘महिलाका लागि भरतपुर अस्पतालमा निःशुल्क ओपिडी टिकटको व्यवस्था गरी सुरु भएको मेरो कार्यकालमा महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध सुरु भएको छ,’ उनले पत्रमा लेखेकी छन्, ‘दिदीबहिनीलाई आत्मनिर्भर बनाउन हजारौँ सीपमूलक तालिम र रोजगारका कार्यक्रमहरू सञ्चालनमा ल्याएका थियौँ । छोरी शिक्षा बिमा कार्यक्रममार्फत सबै छोरीहरूको निःशुल्क बिमा गरी डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, अधिवक्तालगायत राष्ट्रको असल नागरिक बन्ने सपना पूरा गर्ने अभियान चलाएका थियौँ । ती सबै अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन बाँकी छ,’ उनले पत्रमा लेखेकी छन् ।
पत्रमा छोरीहरूका लागि निःशुल्क साइकल, स्यानिटरी प्याड उपलब्ध गराएको कुरा पनि उल्लेख गरेकी छन् । मेयरमा पुनः विजय भएर विद्युतीय बस सञ्चालन गरी भरतपुरका सबै दिदीबहिनीलाई महानगरभित्र निःशुल्क यातायात सेवा दिने उनले पत्रमा उल्लेख गरेकी छन् । महिला अधिकार, स्वरोजगार, मातृ सुरक्षा र आयआर्जनका क्षेत्रमा थप के गर्न सकिन्छ भन्ने सोचिरहेको उनले उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो
ठोरीलाई त्रिदेशीय नाकाका रुपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल