चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार ६ कोठे विद्यालय भवनको शिलान्यास गरेकी छन् । भरतपुर ६ मा रहेको देवज्योति आधारभूत विद्यालयको ६ कोठे भवनको एक कार्यक्रमका बीच शिलान्यास गरेकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले देवज्योति आधारभूत विद्यालय भरतपुर ६ लाई नमुना विद्यालयका रुपमा अगाडि बढाइएको बताइन् । भरतपुर महानगरपालिकाले गत वर्ष ४ कोठे भवनको निर्माण गरिसकेको र अहिले फेरि वागतमी प्रदेश सरकार र महानगरको साझेदारीमा ६ कोठे भवन निर्माण गर्न लागिएको उल्लेख गरिन् ।
प्रमुख दाहालले विद्यालयमा टहर र अति जिर्ण भवन रहेकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहज वातावरण बनाउन पूर्वाधार निर्माण गर्नुपर्ने देखिएकाले गत वर्षदेखि भवन निर्माणलाई प्रथामिकतामा राखिएको प्रष्ट पारिन्। ६ कोठे भवन निर्माण भएपछि विद्यालयसँग प्रयाप्त भौतिक संरचना हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाका अनुसार यसअघिको ८० जना रहेको विद्यार्थी संख्या वृद्धि भइ १ सय ५२ जना पुगेको छ ।
यसैबीच ईलाका प्रहरी कार्यालयको निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । सोमाबार श्रीपञ्चमीको अवसरमा प्रहरी कार्यालय भवनको भरतपुर महानगरपालिका प्रमुख दाहालले शिलान्यास गरकी हुन् । भाडामा बस्दै आएको कार्यालय भवन निर्माणको लागि अरुणोदय कलेजले करिब ५ कठ्ठा जग्गा उपलब्ध गराएको हो । भवन निर्माण भएपछि शान्ति, सुरक्षा र अमन चयन हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानीको समस्या लिएर मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
प्रहरीले खोस्यो हर्कको गाग्री
काठमाडौँका पूर्वमेयर सिंहको निधन
ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
मेयर बालेनको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक