बुटवल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन केपी शर्मा ओलीलाई निमित्त नायक बनाएर विभिन्न कोणबाट षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट बुटवलमा शनिबार आयोजना गरिएको पाँच दलीय गठबन्धनलाई सम्बोधन गर्दै उनले संविधान, संसदीय व्यवस्था, गणतन्त्र विरुद्ध ओली अघि बढेको जिकिर गरे । उनले संसदलाई विघटन गर्ने, अवरुद्ध गर्नेहरुलाई अब जनताले संसदमा पुग्नबाटै रोक्नुपर्ने बताए ।
उनले बुटवलमा सुकुम्बासी समस्या समाधान, बाढी समस्या समाधान गर्न गठबन्धनले पहल गर्ने पनि बताए । ‘बुटवललाई स्मार्ट सिटीका रुपमा विकास गर्नुछ,’ उनले भने, ‘नेपालको मुटुमा, लुम्बिनीको काखमा रहेको बुटवललाई विशेष खालको सहर बनाउने योजनालाई केन्द्रबाट काँधमा काँध मिलाएर सहयोग गर्नेछौं ।’
उनले देशलाई राजनीतिक स्थिरता चाहिएको भन्दै राजनीतिक स्थिरता नहुँदा विकास नभएको र प्राकृतिक स्रोत साधनले धनी भएर पनि हामी गरिब भएर बस्नुपरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै