काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद भवन अवलोकन गर्दै छन् । त्यसका लागि उनी दुई बजे सिंहदरबार आउने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र नयाँ संसद भवन शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको संसद भवन अझै बनिसकेको छैन ।
भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुन्डी शेक जेभीले पाएको छ । सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो । तर कोराना महामारीको समयमा काम रोकिएपछि निर्माण व्यवसायीले थप ६ महिनाको समय पाएको थियो । त्यसअनुसार उसले ३० चैत २०७९ मा काम सक्नुपर्ने थियो । तर गत वैशाखमा फेरि ६ महिना म्याद थप गर्दै आउँदो २८ असोजभित्र काम सक्नुपर्ने गरी समय दिइएको थियो ।
२०८१ साउनमा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन भवनको निरीक्षण गर्दै नौ महिनाभित्र काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बताएका थिए । तर काममा अझै पनि सन्तोषजनक प्रगति भएको छैन ।
सिंहदरबारभित्रको संसद भवन निर्माणमा ढिलाइ हुँदा सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद चलाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
ट्रम्पले दोहोर्याए ब्रिक्स राष्ट्रहरूलाई शत प्रतिशत कर लगाउने धम्की
सोनाम ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग