काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ ।
सरकारले पठाएका पाँच अध्यादेशमध्ये सोमबार चार अध्यादेश जारी भइसकेका छन् भने वन, निकुञ्ज र भूमिसम्बन्धी अध्यादेश गम्भीर भएको भन्दै शितलनिवासले ‘होल्ड’मा राखेको छ ।
राष्ट्रपति पौडेलले कानूनी विज्ञ र सल्लाहकारहरूलाई अध्यादेशले गरेको प्रबन्ध, अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अदालतबाट जारी भएका नजिरसमेतलाई ध्यानमा राखेर अध्ययन गर्न निर्देशन दिएका छन् ।
संसद् बैठक बोलाउने निर्णय गरेपछि राष्ट्रपतिलाई अध्यादेश जारी गर्न नैतिक संकट पर्ने भएकाले सरकार पहिला अध्यादेश जारी हुने प्रतीक्षामा रहेको सरकारका एक मन्त्रीले बताए ।
अध्यादेश जारी हुनसाथ लगतै मन्त्रिपरिषद् बैठक बसेर संसद् बैठक आह्वान सम्बन्धी निर्णय गर्ने सरकारका एक मन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल पोखरामा
राष्ट्रपतिले लिए मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस