चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको परिवर्तनका सम्बाहक युवा भएको बताएका छन । राप्रपा निकट मजदुर संघठनका युवाहरुको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नव प्रवेश गर्नुहुने युवाहरुलाई यतिवेला सबै भन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न यूवाहरुलाई निर्देशन दिए ।
यस वखत म तपाईहरुलाई धेरै भन्न चाहन्न भन्नुहुँदै प्रचण्डले निर्वाचन पछि क्षमता र योग्यता अनुसारको पार्टीको जिम्मेवारी दिने बताए । राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्षसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
राप्रपाको जिल्ला नेतृत्वमा रहेका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपा संग चुनावी गठबन्धन गरेको नेकपा एमालेमा यतिवेला खैलाबैला मच्चिन थालेको विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने
‘प्रचण्ड’को सचिवालयमा हेरफेर
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ : प्रचण्ड
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड