काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले आज (मंगलबार) म्याग्दीको बेनीमा खबरदारी सभा आयोजना गरेको छ ।सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।त्यसका लागि उनी सोमबार साँझ नै बेनी पुगिसकेका छन् । प्रचण्ड पोखरा हुँदै हिजो बेनी पुगेका हुन् ।
प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १३ : ४१
लेखकबाट थप