काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई दलाल, बिचौलिया र भ्रष्ट तत्वको संज्ञा दिएका छन् । दाङमा पार्टीको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले एकातर्फ भ्रष्ट तत्वहरु अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको बताए ।
उनले भने, ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं । यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो । हामीले अहिले हतियार उठाउने कुरा गरेका छैनौं । आवश्यक पनि अहिले देखिएको छैन । शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ ।’
प्रचण्डले जनतामा देश बनाउने माओवादी नै हो भन्ने बुझेर पार्टी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी आन्दोलनलाई विभाजित गर्ने षड्यन्त्रलाई परास्त गरेर एकताबद्ध हुने प्रक्रिया सुरु भएको बताए ।
उनले माओवादीहरु भनेको जनताका छोराछोरी भएको दाबी गर्दै हिजो जनयुद्धमा जस्तै आत्मसमीक्षा गरेर अघि बढ्ने संकल्प गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
प्रचण्ड आज रुपन्देहीमा, चार कार्यक्रममा सहभागी हुने
प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै
भोलि संसद्मा ‘प्रचण्ड’ले सम्बोधन गर्ने
देशमा फेरि राजा फर्किन असम्भव : प्रचण्ड
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन