पोखरा । पोखरा–१८ की सीता परियार सामन्तीबाट पीडित महिला हुन् । श्रीमान विदेश जाँदा २०५७ सालमा उनले घरबारी बन्दकी राखिन् ।
विदेश गएपछि श्रीमानले कमाएको पैसा पठाए । विदेशबाट पैसा आएपछि उनले साहुको ऋण किस्ता किस्ता गर्दै तिरिन् । पैसा त तिरिन् तर साहुले घरबारी फिर्ता गरेनन् । त्यसपछि उनले हारगुहार गरिन् तर कसैले उनको हारगुहार सुनेन । नत साहुले नै हारगुहार सुनेर जग्गा फिर्ता दिए ।
त्यसपछि सीता तत्कालीन समयमा जनयुद्ध गरिरहेको माओवादीको सम्पर्कमा पुगिन् । साहुले हडपेको आफ्नो घरबारी फिर्ता गर्न उनले माओवादीलाई गुहार मागिन् । नभन्दै २०६१ सालमा स्थानिय माओवादी नेता राजु तिमिल्सिनाको पहल र अगुवाईमा सीताले जग्गा फिर्ता पाईन् ।
तिनै राजु अहिले पोखरा महानगरपालिका वडा नम्बर–१८ को वडाध्यक्षका उम्मेदवार बनेर आएका छन् । राजु उम्मेदवार बनेपछि सीताले नसघाउने कुरै भएन । उनलाई ती दिन झलझली याद आउँछ र भन्छिन्,‘जसले साहुको हातबाट हाम्रो जग्गा खोसेर दिलायो आज त्यही व्यक्ति उम्मेदवार भएको छ । त्यस्ता समाजसेवी राजुलाई हामीले भोट हालेर नजिताए त पाप लाग्छ ।’ उनले आफूले मात्र होईन आफ्नो परिवार र गाउँले सबैले माओवादीलाई भोट दिएर बिजयी गराउने बताईन् ।
सीताको मात्रै होईन सराङकोटकै शेरबहादुर नेपालीको जग्गा पनि त्यसरी नै भु–माफियाले हडप्यो । बन्दकी राखेको जग्गा झुक्याएर जग्गा पास गरेपछि नेपाली घर न घाटको भए । साहुले ब्याजको स्याज जोडेर जग्गा हडपेको उनको भनार्य छ ।
जग्गा हडपिएपछि नेपालीपनि माओवादीको शरणमा पुगे । नभन्दै माओवादीको पहलमा साहुको पञ्जाबाट जालसाँजी गरेर हडपेको जग्गा नेपालीले फिर्ता पाए । जग्गा फिर्ता पाएर दंग परेका उनी अहिले माओवादीलाई भोट हालेर जिताउने अभियानमा छन् । भन्छन्,‘मेरो घरबारी, मेरो सर्वस्व फिर्ता गरिदिएको ऋण तिर्नका लागि भएपनि यसपटक माओवादीलाई नै भोट दिन्छु ।
आफूले कुनै समयमा साहु, महाजन, भु–माफियालगायतको पञ्जाबाट जग्गा फिर्ता गराएकाहरुको साथ पाएपछि माओवादी उम्मेदवार राजु तिमिल्सिना यसपटक चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्,‘माओवादीले धेरै घटनामा न्याय दिएको थियो । गरीव र निमुखाको पार्टी भनेकै माओवादी हो । हिजोपनि साहु, महाजन, भु–माफियाको पञ्जाबाट बचाएको हो । आजपनि विकृति, विसंगतिको अन्त्य गर्दै रोजगारी, विकास र समृद्धि दिने माओवादी नै हो । त्यसैले भोट दिएर बिजयी गराउनूस ।’
चुवाव प्रचार प्रसारको क्रममा घरदैलो अभियानमा रहेका राजुले आफुले सधै पिडितको पक्षमा लड््ने बताए । स्थानिय चुनावमा माओवादीको जित नभएमा भु–माफिया र सामन्ति फेरी सलबलाउन सक्ने उनको भनाई थियो । सामन्तीलाई तह लगाउनको लागि नै तिमिल्सिनाको उम्मेदवारी रहेको माओवादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णखर तिमिल्सिना बताउँछन् ।
पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीले उम्मेदवारी दिएका छन् ।
बिहिबार पोखरा १८ शिव भङ्जाङबाट सुरु भएको घरदैलो कार्याक्रम धाराको पँधेरे, गोठादी गाउँ, बाँनिया थर, मगार गाउँ, ढकालथर, हरिडाँडा, शिशुस्याहार, चण्डकीको डिल हुँदै वडा भवनमा पुगेर समापन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा