काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई नैतिकताका आधारमा पदबाट राजीनामा गर्न आग्रह गरेको छ ।
लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माओवादीले माग गरेको हो ।
सार्वजनिक लेखा समितिको मंगलबारको बैठकको सुरुमै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभापति पोखरेललाई राजीनामा गर्न सुझाव दिए । ‘सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढंगले प्रतिपक्षी दललाई दिन माग गर्दछु, ‘दाहालले भने, ‘लेखा समिति सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने अभ्यास छ । तपाईँ सभापति बनिसकेपछि केही विषयवस्तु बाहिर आए । उहाँको स्वकीय सचिवमार्फत भएका विषयवस्तु पनि बाहिर आएका छन् ।’
सार्वजनिक लेखा समिति सभापतिले सरकारको पक्षपोषण गरिरहेको पनि दाहालको भनाइ थियो । पोखरेल एमालेका सांसद हुन् । ९५ उजुरी समितिमा थन्किएको अवस्थामा सभापतिले छलफलमा नल्याएको पनि दाहालको भनाइ थियो । ‘सरकारले गरेका कुकर्म र दुष्कर्मको पक्षपोषण गर्ने, उजुरी रोक्ने, छोप्ने उद्देश्य तथा बदनियत जोडिएका छन् कि भन्ने लागेको छ, सभापति नछोड्नुको पछाडि यस्तो उद्देश्य रहेको हो कि भन्ने आशंका रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीमा आर्थिक पारदर्शीता अभियान शुरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै