चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफुले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए ।
‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुँहिएर किरा परिसकेको छ,’ नेपालले भने ।
एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको बताए । एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनको भनाइ छ । विगतमा राजतन्त्र फाल्न तीन दल एकमत भएको स्मरण गराउँदै अहिले केपी ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल