काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनीहरूबिच विकसित राजनीतिक घटनाक्रमसहित विपक्षी मोर्चालाई सशक्त बनाउने विषयमा छलफल भएको बुझिएको छ । बिहीबार मात्र प्रचण्ड र नेपालबिच भेटवार्ता भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकार आफै ढल्ने बताउँदै आएका बेला विपक्षी दलका नेताहरुविच बारम्बार भइरहेको भेटवार्ता र छलफललाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
गैँडाकोटमा प्रचण्डको मर्निङ वाक
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने- सुशासनका नयाँ मानक स्थापित गरौँ
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
हत्याको त कुरै छाडौं, एक जना मान्छेलाई पिटेको पनि छैन : प्रचण्ड