काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उनले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भनेका छन् ।
तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको दाबी गरे ।
पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुारा बोल्न हुँदैन् । विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ । गाउँको विकास र लोकतन्त्र जोगाउछौं । लोकतन्त्र संविधान जोगाउन गठबन्धन षरेको हो । राजनीति स्यायी गरेर विकासको बाटो डोर्याउन गठबन्धन गरिएको हो ।’
उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमा आम्दानी गाउँमै रोजगारीको अभियान थाल्न लागेको बताए । पौडेलले कांग्रेसले कम्युनिष्टहरूले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै