महोत्तरी । नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाकाे मेयरका लागि दुईजनालाई टिकट दिएकाे छ । प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् ।
आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनय दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परे । साेमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको लागि टिकट लिएर आएका थिए । सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले टिकट पाएपछि माहोलमा नै परिवर्तन भएको छ ।
'कसले टिकट पायो मलाई थाहा छैन, तर म मनोनयन दर्ता गर्न जाँदै छु,´ नेता हमालले भने । प्रल्हाद क्षेत्रीको टिकट अन्तिम समयमा दुई जनाको टिकट आएको भन्दै नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन्।
कसकाे टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने क्रम जारी भएको कांग्रेस महोत्तरीले जनाएको छ ।अहिले दुवै उम्मेदवार मनोनयन दर्ता गर्नका लागी निर्वाचन कार्यालय पुगेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई प्रशिक्षण दिंदै कांग्रेस
सडकमा घोप्टो परेको अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कांग्रेस नेता सिटौला
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव