काठमाडौं । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सभापति र उपसभापतिका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिष्ठानले सोमबार पोखरामै प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख (उपसभापति)का लागि अभिमुखीकरण आयोजना गरेको थियो ।
प्रशिक्षणमा जिल्ला उपसभापति (जिल्लाको प्रशिक्षण विभागको जिम्मेवारी सम्हालेका) दुईमध्ये एकजनालाई मात्र बोलाइएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा