पोखरा । नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ । पोखरा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे कांग्रेसले कार्यक्रम राखेको हो ।
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
२० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । २० गतेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु पोखरामा हुने छन् ।
‘केन्द्रीय सभापतिदेखि महामन्त्रीद्वयसहित पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्य पोखरा हुनुहुनेछ । सभापति देउवा २० गते पोखरा आएर २२ गते बेलुकासम्ममा काठमाडौं फर्किने कार्यसूची छ,’ सभापति बरालले भने, ‘महामन्त्रीसहित पदाधिकारी २३ गतेसम्मै प्रशिक्षण कार्यक्रममा रहने तय भएको छ ।’
पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने सभापति बरालले जानकारी दिए ।
‘२२ गते बिहान जिल्ला जिल्लाबाट आउने सभापतिहरुलाई कास्की पार्टी कार्यालयमा स्वागत तथा ब्रेकफास्ट राखिएको छ । त्यसपछि पोखराको एसआर केसी क्याटरिङमा उद्घाटन सत्र हुनेछ र त्यसलगत्तै प्रशिक्षण तथा अभिमुखीकरणको सत्र चल्ने छ,’ कार्यक्रमको व्यवस्थापक कास्की कांग्रेसका सभापति बरालले भने, ‘२३ गतेसम्म कार्यक्रम गरेर पोखरा घोषणा पत्र जारी गर्ने भनिएको छ तर कसरी सार्वजनिक गर्ने भन्ने तय भइसकेको छैन ।’
पर्यटन र जलवायु परिवर्तनलाई जोड्दै फेवाबाट घोषणापत्र जारी गर्ने योजना बनाइएको भए पनि शीर्ष नेतृत्वसँग छलफलकै क्रममा रहेको सभापति बरालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्दै काँग्रेस
चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : देउवा
देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा सुरु हुँदै
स्ववियु निर्वाचन : कांग्रेसले सातै प्रदेशमा खटायो नेता
कांग्रेस-एमालेमा महाधिवेशन : देउवा पछि धकेल्ने, ओली अघि सार्ने योजनामा
अब पार्टी भित्र अन्याय हुन दिन्न : शेखर कोइराला