काठमाडौँ । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्याउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस शिर्ष नेताकाे बैठकले महर्जनलाई नै महानगरको मेयरमा उठाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय संसदीय समितिले महानगरको मेयर र उपमेयरको टिकट दिने अधिकार सभापति शेरबहादुर देउवालाई सुम्पने आइतबार निर्णय गरेको थियो। जसअनुसार आज सभापति देउवाले मेयर तथा उपमेयरको नाम टुंगो लगाएका हुन् ।
त्यस्तै काँग्रेसले काठमाडौँ महानरपालिकाको मेयरमा सिर्जना सिंहलाई र विराटनगरकाे मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई प्रशिक्षण दिंदै कांग्रेस
सडकमा घोप्टो परेको अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कांग्रेस नेता सिटौला
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव