बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो ।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो ।उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए । तर, एमाले उम्मेदवार शिवराज सुवेदीसँग करिब २४ सय मतान्तरले पाण्डे पराजित भएका थिए ।
यसपाली पनि मेयरको टिकटका लागि बुटवल नगर कमिटीले उनको नाम सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । एमालेले भने बुटवलमा बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई प्रशिक्षण दिंदै कांग्रेस
सडकमा घोप्टो परेको अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कांग्रेस नेता सिटौला
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव