एजेन्सी । बर्लिनले युक्रेनलाई १०० मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल उपलब्ध गराउने कीभको अनुरोधलाई अस्वीकार गरेको जर्मन मिडिया वेल्टले आइतबार रक्षा स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
गत बुधबार युक्रेनी रक्षा मन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई १०० मार्डर-प्रकारको सवारी साधन र अन्य भारी हतियारहरूको लागि पत्र पठाएको थियो। कीभका स्रोतहरूले वेल्टलाई जनाएअनुसार जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन्।
यसअघि जर्मन रक्षा मन्त्रालयले वेल्टलाई कीभको अनुरोध प्राप्त भएको पुष्टि गर्दै ती सवारी साधनहरू नाटो प्रतिबद्धताहरूमा सम्लग्न छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ चैत्र २०७८, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु
चक्कु प्रहारको घटनापछि सीमामा कडाइ गर्दैछ जर्मनी
हंगेरीमाथि जर्मनीको शानदार जित
चक्कु प्रहारको घटनामा जर्मनीमा तेस्रो व्यक्ति पक्राउ
जर्मनी युरोकपको क्वाटरफाइनलमा
राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्रको अवलोकन