काठमाडौँ । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेसनल टुरिजम बोर्सी (आइटिबी)बर्लिन २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले वर्षको उत्कृष्ट पर्यटन मन्त्री (टुरिजम मिनिस्टर अफ द एयर) अवार्ड पाएका छन्।
पर्यटनसँग सम्बद्ध विश्वका करिब पाँच हजारभन्दा बढी स्टलहरू र सयौँको संख्यामा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको वर्ल्ड टुरिजम एण्ड एभिएसिन समिट-२०२५ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट टुरिजम मिनिस्टर अफ द एयर अवार्ड प्रदान गरिएको हो।
यस्तो किसिमको पुरस्कार पाउनेमा मन्त्री पाण्डे नेपालको पहिलो पर्यटन मन्त्री हुन्। सो कार्यक्रम बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा)ले आयोजना गरेको हो।
मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रको सुधारमा छोटो समयमा गरेको नीतिगत सुधार, सरकारको कार्यसम्पादन उत्कृष्ट अंक हासिल गरेको तथा पर्यटन ऐन तर्जुमा लगायतका नीतिगत सुधारका उल्लेखनीय काम गरेबापत सो पुरस्कार प्रदान गरिएको हो।
सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटन मन्त्री प्रदान गर्ने गरिन्छ।
नेपालका लागि ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको यो अवार्ड पाउनु मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले प्रतिक्रिया दिएका छन्।
अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु
चक्कु प्रहारको घटनापछि सीमामा कडाइ गर्दैछ जर्मनी
हंगेरीमाथि जर्मनीको शानदार जित
चक्कु प्रहारको घटनामा जर्मनीमा तेस्रो व्यक्ति पक्राउ
जर्मनी युरोकपको क्वाटरफाइनलमा
राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्रको अवलोकन