हंगेरीमाथि जर्मनीको शानदार जित

एजेन्सी

आइतबार, २३ भदौ २०८१, ०८ : ११
हंगेरीमाथि जर्मनीको शानदार जित

एजेन्सी । जर्मनीले युइएफए नेसन्स लिग अन्तर्गत हंगेरीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्डससँग खेल्दै छ ।

त्यस्तै हंगेरीले अर्को खेल सेप्टेम्बर ११ मै बोस्निया हर्ज गोभिनासँग खेल्दै छ ।