काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रदेश १ को नाम जातीय पहिचानको दृष्टिकोणले भन्दा पनि सबैको सर्वस्वीकार्य हुने र सबैलाई मान्य हुने भएकाले कोसी नै उत्तम रहेको उनको भनाइ छ ।
धरानमा शुक्रबार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सबै जात जातिको पहिचान र भूमिका, भाषा र संस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने तर देशलाई जातीय द्वन्द्वमा लैजान दिन नहुने भन्दै प्रदेश १ को नाम कोसी नाम नै सही भएको तर्क गरे ।
पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्न सुझाव दिएकोमा आफ्नो पनि समर्थन रहेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ फागुन २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल