काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुक पछाडि फर्किन नसक्ने बताएका छन् । समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले जनतालाई लुट्न र चुस्न कसैले प्रयत्न गर्छ भने त्यसलाई सफल हुन नदिने बताए ।
नेता नेपालले २०७७ सालमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि गरेको सभालाई सम्झिँदै भने, ‘यो विशालसभालाई सम्बोधन गर्दा मलाई २०७७ साल पुस महिनाको याद भइरहेको छ । हामीले पुस २७ गते यही ठाउँमा कार्यक्रम गरेका थियौं र हामीले भनेका थियौं– हामी ज्युँदैछौं । हामी अझै यहाँ छौं । आत्तिनुपर्ने आवश्यकता छैन ।’
उनले आज आफूहरुले गरेको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङमात्रै भएको बताए । अध्यक्ष नेपालले थपे, ‘प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । अहिले जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने पक्षमा छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल