बाँके । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको हो ।
बाँकेको आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ बराबरको धानबालीमा क्षति पुगेको थियो । पालिकावाइज लिइएको तथ्यांकलाई आधार मानेर समितिले ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ राहत माग गरेको थियो । केन्द्रले बाँकेमा जम्मा १० करोड रुपियाँ पठाइदिएको छ ।
जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । किसानलाई राहत रकम बैंक खातामै उपलब्ध गराउने निर्णय भएको छ । प्रजिअ खत्रीले अरू रकम उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारलाई माग गर्ने र उपलब्ध हुनेबित्तिकै वितरण गरिने जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २७ फागुन २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
नवलपरासीका किसान चैते धान रोप्न व्यस्त
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
लमजुङमा बढ्यो धान उत्पादन
महोत्तरीमा धान उत्पादन बढ्यो
इलाममा धान उत्पादन घट्यो