लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा नौ हजार ३०१ हेक्टरमा धानखेती गरिएकामा ३१ हजार १५८ मेट्रिकटन धान उत्पादन भएको छ ।
गत आवमा सोही क्षेत्रफलमा २८ हजार ६४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आवको तुलनामा चालु आवमा दुई हजार ५११ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।
केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार ६९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार ४२५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार १५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार ५४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
नवलपरासीका किसान चैते धान रोप्न व्यस्त
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
महोत्तरीमा धान उत्पादन बढ्यो
इलाममा धान उत्पादन घट्यो
बागमती प्रदेशमा धान उत्पादन घट्यो