किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् ।
सामाजिक संजालमा यसबारे पोस्ट गर्दै उनले लेखेका छन्, “म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन म कसैसँग डराएको छैन ।”बन्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालयहरु भएको ठाउँ हो । यसमा उनको क्यामराले राष्ट्रपति कार्यालय अगाडिको सडक पारि देखाइरहेको थियो ।
यसका साथै उनले रुसलाई अहिले नै नरोक्ने हो भने नेटोका अन्य सदस्य राष्ट्रहरुको पनि यस्तै हालत हुने चेतावनी समेत दिएका छन् ।
उनले भनेका छन्, “पहिलो शिकार हामी भयौँ अब दोस्रो तपाईँहरु जोकोही पनि हुन सक्नुहुन्छ । किनकी राक्षसले जति धेरै खायो उसलाई झन् झन् बढी चाहिनेछ । ” यसरी युद्ध सुरु भएदेखि एकै हप्तामा तीनपटक हत्याको प्रयासबाट बचेका जेलेन्स्कीले अझै पनि किभ नछाड्ने अडान कायम राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ फागुन २०७८, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनलाई भन्दा मोदीलाई शान्ति मनपर्छ : जेलेन्स्की
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राखे शर्त
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ
जेलेन्स्कीले भने, ‘मस्को आक्रमणको लागि पुटिन युक्रेनलाई दोष दिन चाहन्छन्’