वासिङ्टन । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा व्यापक क्षति पु-याएको काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताएका छन् ।
‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डेस मोइन्सले साँझ ७ः३० मा ट्वीट गरेर जानकारी दिएको छ ।आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ । यो आँधी समुदायको लागि धेरै विनाशकारी रहेको र उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोप घोषणा जारी गरेका छन् । यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ ।‘हाम्रो हृदय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ ।’ रेनोल्ड्सले एक विज्ञप्तिमार्फत भनेका छन् ।
गत डिसेम्बरमा आएको दर्जनौं विनाशकारी आँधीबेहरीले अमेरिकाको पाँचवटा राज्यहरूमा प्रभावित भएको थियो । यस आँधीमा परी केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा ७७ जनाको मृत्यु भएको थियो । -एएफपी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ फागुन २०७८, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
ट्रम्पको अमेरिकामा अब ग्रीनकार्डधारीहरू पनि असुरक्षित
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति