काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने म्याद फेरि थप गरेका छन् । अब फेरि टिकटक एप अमेरिकामा ७५ दिनभित्र बेच्नुपर्ने छ ।अमेरिकामा सेवाहरू कायम राख्न एप बेच्न आवश्यक छ नत्र यसलाई अमेरिकामा प्रतिबन्ध लगाइने बीबीसीले जनाएको छ ।
ट्रम्पले यो एप बन्द हुन नदिने बताएका छन् । यसअघि उनले टिकटकको बिक्रीमा सम्झौता भएमा चिनियाँ आयातमा लगाइएको शुल्कमा केही छुट दिन सक्ने बताएका थिए।अमेरिकामा टिकटक प्रयोगकर्ताहरूको ठूलो संख्या यसलाई प्रतिबन्धको विरुद्धमा छ ।
समाचार एजेन्सी रोयटर्सको समाचार अनुसार ट्रम्पले यसै हप्ता ट्यारिफको घोषणा गरेपछि चीनले अमेरिकामा टिकटक बिक्री गर्न नदिने संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु