एजेन्सी । युुरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् ।
आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन् । आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र वेल्सलाई जोड्ने पुलहरू अबरुद्ध पारेको छ । त्यसैगरी, आँधीका कारण लन्डनभित्र र बाहिर चल्ने धेरै जसो रेलहरु रोकिएका छन् ।
युरोपमा यो साता असर गर्ने युनाईस दोस्रो पटक नाम राखिएको आँधी हो । पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तिमा पाँच जनाको मृत्यु भएको थियो । आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ ।
‘युनाइस आँधीले साँच्चनै नै एक मुक्का प्रहार गरेको छ, ’ जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने । ‘मौसमबाट जीवन खतरामा छ भने हामीले रातो मौसमी चेतावनी जारी गर्र्छौं,’ उनले थपे । ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरुले अवतरण रोक्न बाध्य भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ फागुन २०७८, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी
अमेरिकामा आयो अर्को शक्तिशाली आँधी