काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ। यसअघि पटक(पटक स्थगित गरि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो ।
माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष राजनीतिक परिस्थितिका कारण बैठक फागुन २० गते सम्मलाई स्थगन गरिएको जानकारी दिए । स्रोतकाअनुसार पदाधिकारी चयन र स्थायी समिति गठनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य पूरा नगरेकाले बैठक स्थगन भएको हो । अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण गठबन्धन धरापमा परेपछि प्रचण्डले तयारी पूरा गर्न नपाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ